Saturday, June 29, 2013

गुगल एडसेन्स


मैले गुगलबाट यति पैसा पाए नि ....
कतिपय वेबसाइट र ब्लग संचालकहरु यस्ता कुरा सुनाइरहेका हुन्छन् । बिश्वमा लाखौ वेबसाइट बनेका छन् र तिनका विभिन्न फरक फरक बिषयवस्तु र उद्येश्य हुनसक्छन् । कतिपय वेबसाइट र ब्लग रहरै रहरमा पनि बनेका हुन्छन् । तर पनि सबैको एउटा प्रमुख उद्येश्य ‘आफ्ना कुरा पाठक सम्म पु¥याउनु’ हुन्छ । यो अवस्थामा यदि राम्रो र चल्तीको वेबसाइट वा ब्लग बन्यो भने लोकप्रिय साइट गुगलले आफ्नो तर्फबाट निश्चित खालका बिज्ञापन राखीदिन्छ, जसलाई गुगल एडसेन्स भनिन्छ । त्यही एडसेन्स बापत वेबसाइट वा ब्लग संचालकले निश्चित डलर पाउन सक्छन् । यसले गर्दा वेबसाइट वा ब्लग संचालकको एउटा प्रमुख लक्ष्य गुगल एडसेन्स बापत रकम हात पार्नु पनि हुन्छ र यसरी रकम हात पर्दा उनीहरु खुशी नहुने कुरै भएन ।

Friday, June 21, 2013

एसएमएस बढ्दो प्रयोग

एकराज सुवेदी

एसएलसी परीक्षाको परीक्षाफल प्रकाशनस“गै यो वर्ष एउटा नया“ अध्यायको थालनी भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परम्परादेखि नै छापा माध्यममा पैसा तिरेर गर्दै आएको परीक्षाफल प्रकाशन कार्यलाई यो बर्षदेखि निरन्तरता नदिने घोषणा ग¥यो । कार्यालयले यस बर्ष आफ्नो वेबसाइटको साइज वृद्धि गरेको, विभिन्न सातभन्दा बढी इन्टरनेट सेवा प्रदायक तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था गरेको कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिए ।

Monday, June 10, 2013

हुन्डाईको आइजेन आई ट्वान्टी

नेपाल स्थित हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारको लागि बिलकुलै नयाा गाडी आइजेन आई ट्वान्टी भित्राएको छ । यो नेपालको प्रख्यात पि्रमियम ह्याचब्याक हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका बिक्री तथा बजार सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ "आकर्षक एवं युनिक विशेषताका साथ न्यु आइजेन आई ट्वान्टी बोल्ड पनि छ । अचेल ग्राहकहरु इन्नोभेटिभ एवं हाइ टेक विशेषता युक्त गाडिको खोजिमा छन्,  जुन आइजेन आई ट्वान्टीले उच्चअनुपातमा पुरा गर्नेछ ।"

अटो रेसिङको रोमाञ्च

- जयदेव गौतम

अटो रेसिङ छोटकरीमा भनिएको हो, यसको पूरा रूप हो- अटोमोबाइल रेसिङ । यसैलाई मोटर रेसिङ अथवा कार रेसिङ पनि भनिन्छ । सामान्यतया अटो रेसिङ भन्नाले चार पाङ्ग्रे कार वा दुई पाङ्ग्रे मोटरसाइकल दौडाउने प्रतियोगिता बुझिए पनि मूलतः यो कार दौड प्रतियोगिताकै पर्याय बनेको देखिन्छ ।