Tuesday, December 9, 2014

मनाइयो गुगल डे

गुगल अब सर्च इन्जिनका रुपमा मात्र रहेन । यसको प्रयोग गरेर धेरै काम गर्न सकिन्छ । पछिल्लो समयमा नेपालमा समेत गुगलको एन्ड्रोइड एप्सलाई व्यापारिक र व्यावहारिक कार्यमा प्रयोग गर्नेहरु बढिरहेका छन् । यसै सन्दर्भमा केही दिन पहिले मात्र नेपाली डेभलपरहरुले गुगललाई व्यापारिक कार्यमा समेत प्रयोग गर्नका लागि हौंस्याउने उद्देश्यले ‘गुगल बिजनेस ग्रुप’ अर्थात ‘जिबिजी’ को निर्माण गरेका छन् । त्यही गुगल बिजनेस ग्रुपले गत शनिबार नेपालमै पहिलो पटक गुगल डे मनायो ।